
कोरोनाको कहर र रुमलिएको शैक्षिक शत्र
पवनरमण खनाल
नेपालमा बिध्यालयको शैक्षिक सत्र हरेक बर्ष बैशाष महिनामा सुरु भई चैत्र महिनामा बिध्यार्थीको बार्षिक मुल्याङ्कन गरि नतीजा प्रकाशन गर्ने बार्षिक तालिका छ । यो अबधिमा न्युनतम १८० दिन बिध्यालय सन्चालन हुनुपर्ने नियम छ। २०७७ सालदेखी बिश्र्वब्यापी कोरोना महामारीको कारणबाट सबै क्षेत्रहरु लथालिङ भताभुङ्ग नै भएको छ ।
शिक्षा क्षेत्रको तुलनामा अरु क्षेत्रहरु पुन सुधार तथा नया तरिका बाट अगाडी बढाऊन सकिने ने हुन्छ । शिक्षा मात्र यो एउटा क्षेत्र हो जो नियमित गतिमा अगाडि बडिरहेको हुन्छ । शिक्षामा एक बर्ष मात्र यताउता भयो भने क्रमिक रुपमा देशको जनशक्तिमा आउने समुह सबै क्षेत्रमा कमजोर हुनजान्छ । जनशक्ति बिकासक्रममा आइपुग्दा एउटा ग्याप रहन्छ ।
यो भनेको शैक्षिक क्षेत्रमा मात्र नभयर प्रशासनिक , प्राबिधिक तथा ब्यबसायिक क्षेत्रमा समेत अपुरो हुनजान्छ। देशको अग्रगामी मार्गमा चुनौति आउछ । ससारमा हरेक देश बिकासको गतिमा अगाडि बढ्ने क्रममा वा देशलाइ सम्पन्न बनाउन केन्द्रमा रहने तत्व भनेको जनशक्ति नै प्रमुख हो । अहिले हाम्रो जस्तो बिकासोन्मुख देशमा अन्य बिषयको लागि जति प्राथमिकता का साथ कार्यान्वयनमा जान्छ तर शिक्षा क्षेत्र भने काम चलाउ। जे जे होला होला भने जस्तो गरि गइरहेको छ ।
यो तिन बर्षको शैक्षिक गातिबिधि हेर्दा न गुणस्तर न सिकाइ न दृणता नै छ । निजि रुपले सन्चालन भएका बिधालयहरुलाइ शुल्क उठाउने कुरामा मात्र बढि सरोकार रहेका छन । निजि बिधालयहरुले पनि कसरि सीकाइ लाइ प्रभाबकारी बनाउने भन्नेमा खासै सक्रीयता देखिएन । बैकल्पीक सीकाइलाइ तिब्रता दिनुपर्नेमा कसरी शुल्क उठाउने भन्ने मा रह्यो ।
अनुगमन प्रणाली त कतै रहेन । दुर शिक्षाको कस्तो प्रणाली ,कस्तो सुबिधा ,कस्तो उपकरण र कस्तो सिकाइ बिधी कुनै लेखाजोखा नगरी दुर शिक्षा बिधी अपनाउदा निजि बिधालयहरुले पनि समय कटाउने काम मात्र भयो । सरकारी बिध्यालयको अबस्था झन जटिल छ । कति समय कक्षा चलाउने कहिले परीक्षालिने कुने बेकल्पिक योजना नै छैन । सरकारको सुचना सिरानिको भरमा बिध्यालयको सामान्य योजना बनाएर सन्चालन भयको छ । अभिभाबकहरु कहिले कसरी कुन माध्यमबाट बिध्यालय शिक्षा प्रभाबकारी होला भनि चिन्तित छन ।
बिध्यार्थीहरु बैकल्पिक सिकाइबाट आहात भैसकेका छन किनकी दुर शिक्षा प्रबिधि मैत्री शिक्षकको अभाब र परिस्क्रित हुन नसक्नु ,बिध्यार्थी र बिध्यलय दुर शिक्षा प्रबिधि मैत्रि नहुनु नै मुख्य चुनौती हो । केहि सिमित शैक्षिक सस्थानहरु बाहेक को अबस्था बडो दयनिय नै छ । यो अबस्थामा चलिरहेको शैक्षिक सत्रबाट कस्तो गुणस्तर कायम हुने र यि बिध्यार्थीकहरुको उच्च शिक्षा कस्तो हुने ? सोचनिय बिषय रहेको छ । खासगरी २०७२को भुकम्प पछि करिब करिब सबै बिध्यालयहरुको भबन निर्माण कार्य पुर्ण भएको छ ।
कतिपय बिध्यालयहरुमा केहि दुरशिक्षा मैत्रि प्रबिधिहरु पानि रहेका छन भने कतिपय बिध्यालयहरुमा पुर्ब बिध्यार्थीहरुको सामुहिक तथा एकल एकल प्रयासबाट पनि प्रबिधि मैत्रि बनाइएको छ । तर प्रयोग भने सुन्यमा रहेको छ । बिध्यार्थीहरु को भनाइ गुनासा आ आफ्नै छ । भौतिक कक्षाहुदा हल्ला नहुने सिकाइ प्रभाबकारी हुने । यो अनुभुति लाइ प्रभाबकारी बनाउन बिध्यालय प्रशासन खरो उत्रन जरुरी छ। अहिले लरखरायको शैक्षिक अबस्थाले उत्पादन गर्ने जनशक्ति भोलीको दिनमा कस्तो जनशक्ति उत्पादन भयर देश अगाडि बढ्ला त ? सघिय सरकारले प्रदेश सरकारलाइ र प्रदेस सरकारले स्थानिय सरकारलाइ देखाउने प्रचलन वा काम पन्छाउने प्रब्रिति रह्यो।
स्थानिय सरकार होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर कोरोना बिरामी छोप्न कुदाकुद। पालिकाका शिक्षा प्रशासन माथी मुख ताक्ने जावाफ देहि नहुने । यस्तो प्रब्रिति रहेको हुदा पालिका स्तरमा गर्न सकिने कार्य पनी हुन नसकेको आभास भएको हो । मुख्य प्राथामिकता पर्नु बिषयले प्राथामिकता नपाएको चाहि पक्कै हो । कोरोना भयो भनेर शैक्षिक सस्था बन्द गरेर मेला चलिरहनु गाजा बाजा सहित जुलुस सभा राम्रो सुहाउने बिषय होइन । भन्ने बेलामा सघिय सरकार प्रतिनिधि प्रमुख जिल्ला अधिकारी भन्ने काममा ध्यान दिनुपर्ने मा ? कोरोना सङक्रमण बढी भएपछि मेला र सभा जुलुस प्रतिबन्ध लगाउने सघिय सरकारको निति लगाउनु पर्नेमा बिध्यालय बन्द गरेर सभा जुलुस गराएर अहिले त सबैलाइ त्राइ त्राइ को अबस्था छ ।
राष्टिय परिक्षा बोर्डले दश कक्षा र बाह्र कक्षाको परीक्षा गर्ने सुनिस्चता गरेर सुचना जारी गरी सकेको अबस्थामा बिध्यालयको भने पाठ्यक्रम कति सकियो? बिध्यार्थीको सिकाइ अबस्था के छ? यि सबै बिषयहरुमा लेखाजोखा गर्न जरुरि छ । सिमीत बाकी समयलाइ अधिकतम उपयोग गरी सिकाइ क्रियालाइ अझ गतिशिल बनाउनु पर्छ। गएका बर्ष जेजे भए छालु बर्षमा उपलब्ध समयलाइ चुनौतिलाइ अबसरमा लिइ काम गर्नु पर्ने देखिन्छ ।
पालिकाहरुले कमसेकम आधारभुत तह,माद्यमिक तहको ५ देखि १० बर्षको रणनैतिक योजना तयार गराएर कार्यान्वयन गरी सदाबहार शिक्षा भन्ने निति बनाउनु पर्ने जहा कहिले कुनै किसिमको अबरोध नहुने, राष्टिय स्तर,अन्तराष्टिय स्तरमा अबरोध भएमा पनि बैकल्पिक उपायको प्रयोग गर्न सकियोस। कोरोनाको कहर कति समय हुन्छ? यो अब नियन्त्रणमा आए पनि फेरी फेरी अरु महामारी पनी आउन सक्छ सो अबस्थालाइ ध्यान दिइ काम गर्न जरुरी छ ।




