| सोमवार, भदौ १, २०८३

चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७६/७७ को निति तथा कार्यक्रम

 

आदरणीय गाउँपालिकाबासीहरु, 

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
महिला हक र अधिकार सम्वन्धि कानुन तथा नीति निर्माणमा सरोकारवालाहरुको अर्थपूर्ण सहभागि ता र सहकार्य गराईने छ । संबिधानमा उल्लेख भएका मौलिक हक अधिकारको बारेमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरि समाजमा विद्यमान लैंगिक तथा जातीय विभेद अन्त्य गर्ने तर्फ अग्रसर रहने छ । निर्माण गरिएका कानुन तथा नीतिका व्यवस्थाहरुको वारेमा नागरिकलाई जनचेतना फैलाई सबैको सहभागीतामा कार्यन्वयन गरिनेछ । राष्टिूय ऐन(कानून तथा अन्तराष्टिूय सन्धीका वारेमा नागरिकलाई चेतना जगाउन विभिन्न अभीमूखिकरण कार्यक्रम आयोजना गरिनेछ । महिलामाथि भएका भेदभाव, हिसं ा र शोषण आदिको उपचारका लागि गर्नुपर्ने कानूनी प्रक्रीया एवं निकासको वारेमा जनचेतना जगाइने छ । सार्बजनिक निकायहरूलाई लैंगिक संबेदनशील बनाउन नीतिगत व्यवस्था गरिनेछ । सूचनाको हक अति गरिब तथा सीमान्तकृत समुदायसम्म पुर्याउनको उचित नीति र कार्यक्रम बनाई लागुगरिनेछ । महिला विरुद्द हुने सवै प्रकारका भेदभाव, हिंसा र शोषणको न्यूनिकरण गर्न बिभिन्न कार्यक्रमहरु गरिने छ । अशक्त, जेष्ठ नागरिक, एकल महिलाहरु लाई स्याहार, पालन पोषणमा भएका विभेद हटाउन जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिनेछ । विकासका सवै पक्षमा महिला, बालबालिका, युवा आदी सवैको सञ्जाल गठन गरि विकासका अवसरमा सामुहिक रुपमा सहभागिता गर्दै लगिने छ । स्थानीय स्तरमा हुनेयोजना तथा बजेट निर्माण गर्दा र यसको हरके निर्णय प्रक्रियामा महिला तथा सीमान्तकृत जनताको सहभागिता र समाबेशीता सुनिश्चित गरिने छ । सामाजिक कार्यमा महिला सहभागिताको लागि पुरुषहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु संचालन गरिने छ । बाल विवाह र वाल हिंसालाई अन्त्य गर्न आवश्यक नीति बनाई लागुगरिनेछ । ज्येष्ठ नागरिकहरूमा रहके ो ज्ञान, सीप नयाँ पींढीमा हस्तान्तरण गर्न पहल गर्ने र उनीहरुको सम्मान तथा अनुभव आदान प्रदानको अवसर सृजना गरिनेछ । स्थानिय सरकारले गर्ने काम र यसले दिने सम्पूर्ण सेवा सुबिधा सम्बन्धी जानकारी दिन सूचना, शिक्षा तथा सञ्चार सामग्रीहरूको भाषा एवम्समय तालिका महिला तथा वञ्चितीकरणमा परको बर्ग, क्षेत्र, लिंग तथा समुदायले सजिलै ग्रहण गर्ने गरी निर्धारण गरिनेछ । सीप, क्षमता तथा नेतृत्व विकासका लागि स्थानिय तथा अन्य स्तरमा अवसरहरु सृजना गरी महिला एब अन्य सीमान्तकृत समुहरुलाई बिशेश प्राथमीकताकासाथ सहभागी हनु ेमौका दिईनेछ । महिला एब अन्य सीमान्तकृत समुहरुलाई सीप क्षमता विकासमा बिशेष प्राथमिकता दिई सहभागी गराइने छ । महिला तथा सीमान्तकृत वर्गलाई निर्णायक पदमा लान बिशेश प्राथमिकता दिइनेछ । लैंगिक उत्तरदायी बजटे प्रणालीलाई वडातह सम्म सस्थागत गर्दै लगिनेछ । लैंगिक परीक्षण पद्दतिलाई वडा तहसम्म लागु गरीनेछ । लैससास समन्धी बिभिन्न सूचक तयार गरि अनुगमन तथा मूल्याङन प्रणालीलाई प्रभावकारी बनाइ कार्यन्वयन गरिनेछ । राजनीतिक, आर्थिक, सामाजिक लगायत सम्पुर्ण निर्णायक तहमा महिलाको सार्थक सम्मान पहुचँ कोलागि समान अवसरहरुकोसिर्जना गर्नमा जोड दिइर्न ेछ । एकल महिलाहरुका लागि विशष्ो कार्यक्रमकोव्यवस्था गरिनेछ । महिला समुहद्धारा संचालित सहकारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने सहकारीलाई प्रोत्सान स्वरुप पुरस्कारको व्यवस्था गरिनेछ । गाउँपालिका स्तरिय एकल महिला संजाल गठन गरिनेछ साथै सो संजाल मार्फत आर्यआर्जन र सिप विकासका लागि संरक्षण कोषको व्यवस्था गरिनेछ । अन्तराष्टिूय नारी दिवस लगायतका दिवसहरु मनाई महिलाहरुको हक, अधिकारको प्रवद्र्ध नमा जोड दिनुका साथै समाजसेवी तथा नारी अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रमको व्यस्था गरिनेछ । अन्तराष्टिूय श्रम सन्धि अनुसार जनजातीहरुको अधिकार र कर्तव्यका बारेमा क्षमता विकास गरिनेछ ।
खानेपानी तथा सरसफाई
गाउँपालिकाको खानेपानी तथा सरसफाइ गुरुयोजना कार्यान्वयन गरि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा एक घर एक धारा, एक घर एक सुरक्षित चर्पी लगायतका सूचकहरु पुरा गर्दै पूर्ण सरसफाइ तर्फ उन्मुख बनाइने छ । गाउँपालिका भित्रका सबै बस्तीहरुमा सुरक्षित खानेपानी पहुँचका लागि पूर्णिमा परियोजनासँग समन्वय र सहकार्य गरिने छ । खानेपानीको श्रोतको संरक्षण गरि खानेपानी आयोजनाको दीगोपना र व्यवस्थापनमा गर्ने नीति अवलम्बन गरिनेछ । खानेपानीका मुहानहरूको संरक्षण तथा दीगो उपयोगलाई प्रवद्र्धन गरिनेछ । खानेपानीको पहुँचको विस्तार गर्न आकाशे पानीको उपयोग जस्ता बैकल्पिक उपायको अवलम्बन गरिने छ । खानेपानी उपभोक्ता समितिकोक्षमता बृिद्ध गरिनेछ। ठ। सरसफाइ अभिवृद्धि सम्बन्धी चेतना मुलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । शौचालय नभएका घरपरिवारमा शौचालय निमार्ण र उपयोगलाई अनिवार्य गर्ने र व्यक्तिगत सरसफाईका लागि गाउँपालिकाबाट विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ । गाउँपािलका भित्रका सबै सार्वजनिक स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न पहल गरिने छ । खुल्ला दिसामुक्त क्षेत्रकोविशेष कार्यान्वयनका साथैफोहोरमैला व्यवस्थापनमा बिशष्ो जोड दिईनेछ । गाउँपालिका र वडा स्तरमा खानेपाी,सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरि खानेपानी तथा सरसफाइ अभियान ( पूर्ण सरसफाइ अभियान) लाई अगाडि बढाइने छ ।
पूर्वाधार विकास तथा यातायात पुर्वाधार
यातायात गुरुयोजनाको निर्माण गरी कार्यान्वयन गरिनेछ । गाउं पालिका केन्द्र जोड्ने सडकको विस्तृत आयोजना प्रतिवेदन तयार गरि निर्माण गरिने छ । २०७२ को भूकम्पबाट प्रभावित सडक, गोरटो, घोडेटो तथा पदमार्ग मर्मत सुधार गरी पुर्नस्थापना गरी आवागमन सुचारु गरिनेछ । समय समयमा आएने बाढी पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधारहरुको प्राथमिकता साथ मर्मत संभार र स्तरोन्नती गरीनेछ । छ। वातावरण मैत्री दिगोयातायात पूर्वाधारको विकास गरिनेछ । मापदण्ड अनुसार गोरेटो, घोडेटोको निर्माण गरिनेछ । यातायात प्रणालीको निर्माण तथा व्यवस्थापनमा स्थानीय शीप, साधन, स्रोतको अत्याधिक प्रयोगका साथै सरोकारवाला निकाय (संघ, प्रदेश तथा अन्य) सँग सहकार्य र सहभागितामा गरिनेछ । वडा केन्द, प्रमुख बस्ती, आर्थिक तथा सांस्कृतिक तथा धार्मिक केन्द्र र मुख्य पर्यटकीय स्थलहरुलाई प्राथमिकताको आधारमा मूल सडक सञ्जालमा जोडिने छ । लागत साझेदारीका आधारमा मर्मत संभार गर्न उपभोक्ता समितिलाई जिम्मेवार बनाउन आवश्यक क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ । गाउँपालिकामा सुविधा समपन्न भौतिक पुर्वाधार निर्माण गरिनेछ । बहुउद्देशीय सामुदायिक भवन निर्माणमा जोड दिईनेछ । वडा कार्यालयको क्षमता अभिबृद्धि गर्न आवश्यक भौतिक पुर्वाधार निर्माण गरिनेछ । वैकल्पिक पर्यटकीय पदमार्ग तथा विश्राम स्थलको निर्माण गरिनेछ । काठेपुल विस्थापन गरि झोलुङ्गे पुल तथा टूष्ट ब्रीजको निर्माण गर्ने नीति अवलम्बन गरिनेछ । गाउँपालिका केन्द्रलाई सडक संजालमा आवद्ध गर्नका लागि बुढीगण्डी लगायत अन्य स्थानमा मोटरेवल पुलको सम्भाव्यता अध्ययन गर्न आवश्यक पहल गरिनेछ ।
पुनर्निर्माण
क्षतिग्रस्त सवै निजी घरहरुको पुर्ननिर्माण सम्पन्न गरिनेछ । गाउँ पालिकामा भुकम्पमा प्रभाबित सबै गुम्बाहरुको पूर्ननिर्माण आवश्यक पहल गरिनेछ । बिग्रेर प्रयोगमा नआएका माइक्रो हाइडूोहरु लाइ मर्मत गरी बिधुत उत्पादन गर्न जोड दिईनेछ । भत्केका पदमार्गहरुको बिस्तृत अध्ययन गराइ पुन निमाण गरिनेछ । सार्नु पर्ने घर तथा बस्तिहरुलाइ समयमै पुनर्स्थापना गर्नका लागि आवश्यक डिपीआर तयार गरिने छ ।.भुकम्प पछिको बाडी तथा पहिरोको बिस्तृत अध्ययन गराइ रिपोर्ट अनुसार कार्य योजना बनाइ ब्यबस्थापन गरिनेछ । पहिरो र भूस्खलनको बिस्तृत अध्ययन गराइ सो अनुसार कार्य्निति बनाइ व्यवस्थित गरिनेछ ।
वन वातावरण तथा विपद ब्यबस्थापन
स्थानीय तहमा वन तथा वातावरण संरक्षण कार्यक्रम संचालन गरिनेछ । वातावरण व्यवस्थापन कार्यक्रम तर्जुमा कार्यान्वयन तथा अनुगमन गरिनेछ । यस क्षेत्रमामा कार्यरत सहयोगी संस्थाहरुसित सहकार्य तथा समन्वय गरिनेछ । प्राकृतिकक प्रकोप (भूक्षय बाढी पहिरो) का बेला सहयोगी संस्थाकोपहिचान तथा पूर्व तयारी गरिनेछ । वृक्षरोपण अभियान संचालन गरिनेछ । वन पैदावर तथा जडिवटुीकोउपयुक्त रुपमा प्रयोग गरिनेछ । वन्यजन्तुको संरक्षण तथा ति बाट हुने हानि नोक्सानीको न्यूनीकरण गरिनेछ । नदी नियन्त्रण, बाढी पहिरो नियन्त्रणका लागि आवश्यक व्यवस्था गरिनेछ । अग्नी रेखा बनाइनेछ । फोहोर व्यवस्थापन गर्न संस्थागत समन्वय र पूर्वाधार विकास गरिनेछ । व्यवस्थित वस्ती विकास नीति अवलम्वन गरिनेछ । खानेपानी तथा ढल निकास व्यवस्थित गरिनेछ । जैविक विविधता संरक्षणका लागि ताल, पोखरी, हिमताल, गुफा, आडारको संरक्षण तथा प्रचार प्रशार गर्ने नीति अबलम्बन गरिनेछ ।
सुसासन तथा संस्थागत विकास योजना तथा तथ्यांक
बिकास कार्यक्रमहरु तर्जुमा गर्दा सहभागितामूलक ढंगबाट निर्धारित प्रक्रिया अवलम्बन गरिनेछ । योजना कार्यान्वयन गर्दा सरोकारवाला र अन्तर सरकार समन्वय र साझेदारी गरी श्रोत साधनको न्यूनता र दोहोरोपना हटाइनेछ । विभिन्न निकायवाट गाउँपालिका क्षेत्र भित्र संचालन हुने विकास कार्यक्रमहरु गाउं विकास योजनामा एकिकृत गरिने छ । गाउंपाकिलाको बस्तुगत विवरण निर्माण तथा बार्षिक रुपमा अध्यावधिक गरिनेछ । योजना तजुर्मा तथा छनौट गर्दा योजन वाट हुन सक्नेविभिन्न ( वातावरणीय, सामाजिक आर्थिक) प्रभाव मूल्यांकन गरी योजना छनौट गरिनेछ । सम्पन्न योजनाको मरम्मत संभार सम्वन्धि कार्यनति तयार पारिनेछ ।
अनुगमन मूल्यांकन सम्वन्धमा कार्य योजना तयार गरी कार्यान्वयन गरिनेछ। विकास कार्यक्रमको सूचकमा आधारित नतिजामूलक अनुगमन गरिने छ । नियमित अनुगमन र मूल्यांकनका लागि संयन्त्र निर्माण गरी परिचालन गरिनेछ । . नियमित रुपमा प्रगति समिक्षा गरी विकास समस्याको समाधान गरीने छ । अनुगमन समितिलाई क्रियाशील गराई तोकिएको समयमा गूणस्तरीय नतिजा हांसिल गरिनेछ। अनुगमनलाई जनसहभागिता मूलक बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्