| बुधबार, असार ९, २०८३

धार्चे गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिकाम देवीलाई

धार्चे गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिकाम देवी मावि लाप्राकले जितेको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा माछिखोलामा बिहबिारदेखि सुरु भएको प्रतियोगितामा कुल १६ पदक जित्दै मणिकाम देवी उपाधी बिजेता बनेको हो ।

सो विद्यालयले ९ स्वर्ण, ४ रजत र ३ कास्य जितेको गाउँपालिकाका शिक्षा शाखाका रमेश गुरुङले बताए ।
बिजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । केरौँजा माविले ४ स्वर्ण, ४ रजत र २ कास्य गरी कुल १० पदक जित्दै दोस्रो स्थान हाँसिल गरेको छ ।

यसैगरी ३ स्वर्ण ४ रजत र २ कास्य पदक हात पार्दै प्रभात किरण मावि तेस्रो बनेको गुरुङले जानकारी दिए । प्रतियोगितामा पालिकाभित्रका ९ माविको सहभागिता रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी २६ विधामा खेल भएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सनम राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष सुनिला गुरुङ, वडा नं. २ का अध्यक्ष शरद गुरुङ, जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङ, जिल्ला खेलकुद बिकास समितिकी सचिव अमृता गुरुङलगायतको उपस्थिती रहेको थियो ।

तस्बिरः राज गोर्खाली

प्रतिक्रिया दिनुहोस्