| सोमवार, अशोज ११, २०८३

विविध कार्यक्रम गरी मनाइयो रेडक्रसको स्थापना दिवस

नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भ पारेर ताप्ले उपशाखाले खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता गरेको छ । बिहीवार भएको प्रतियोगितामा पुरुषतर्फ सागर भट्टराई पहिलो भएका छन् ।

रोशन पनेरु दोस्रो, सुमन परियार तेस्रो र सरिफ मियाले सान्त्वना स्थान हासिल गरेको रेडक्रस ताप्ले उपशाखाका सभापति हरिराम खनालले बताए । उनीहरुलाई नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र दिइएको उनले जानकारी दिए ।
महिलातर्फ भने कृष्टि बिक पहिलो भएकी छन् ।

नेश्मा खातुन दोस्रो, रेश्मा खातुन तेस्रो र रेखा अच्छामी सान्त्वना भएको आयोजकले जनाएको छ । उनीहरुलाई नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र दिइएको खनालले बताए । प्रतियोगिताको निर्धारित दुरी पुरुषतर्फ ४ र महिलातर्फ २ किलोमिटर रहेको थियो । पुरुषतर्फ २५ र महिलातर्फ १० जना सहभागी थिए । प्रतियोगिताका बिजेताहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो ।

उपशाखा सभापति खनालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भीमसेनकाजी वानियाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शाखाका उप कोषाध्यक्ष कुमार बानियाँ, बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्