| शनिबार, माघ २४, २०८२

प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन

जिल्ला निर्वाचन कार्यालय गोरखाले समानुपातिकमा मात्र मतदान गर्नेहरुको प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्लास्थित कार्यालयले मंगलबार अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो ।
समानुपातिकमा मात्र मतदान गर्ने निजामति कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा बस्ने वृद्धवृद्धा तथा कैदीबन्दीहरुको अस्थायी अस्थायी मतदाता नामावली प्रकाशन गरेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
कार्यतालिका अनुसार माघ २४ गतेसम्म छुट भएकाहरुले नाम दर्ता गराउने तथा अस्थायी मतदाताले त्रुटी सच्याउने, २५ गते संशोधित मतदाता नामावली प्रकाशन गर्ने, २९ गतेसम्म दाबी बिरोध गर्ने कार्यसूची रहेको छ । त्यस्तै १ र २ गते जाँचबुझ गरी ५ गते अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्