| शनिबार, माघ २४, २०८२

नौं विद्यालयमा नटराज व्रान्डका १८ सय पेन्सील वितरण

सरस्वती पूजाको अवसरमा गोरखा नगरपालिका भित्रका ९ वटा विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पेन्सील र पाठ्यपुस्तक वितरण गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय तथा जिल्ला शाखाको आयोजनामा विद्यालयमा भर्ना हुन आएका विद्यार्थीहरुलाई पेन्सील सहित ‘मेरो पहिलो किताव’ पुस्तक विद्यालय मार्फत वितरण गरिएको हो । हिन्दुस्तान पेन्सील कम्पनी लिमिटेडको नटराज व्रान्डको झण्डै १८ सय पिस पेन्सील वितरण भएको पुस्तक ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष प्रदिप खनालले बताए ।

महेन्द्र मावि कुन्दुर, तारा मावि छेवेटार, रत्नराज्य मावि विरेन्चोक, महालक्ष्मि मावि लक्ष्मिवजार, सरस्वती मावि आहाले, शक्ति मावि पाटेचौर, वल्ड क्यापिटल मावि रानिवन, गोरखा वोडिङ र अन्नपुर्ण इङलीस वोडिङ स्कुलका विद्यार्थीलाई पेन्सील वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्