| शनिबार, साउन १, २०८३

दरौंदीले बगाएर मलामी बेपत्ता

मलामी गएका गोरखाका एक युवा दरौंदी नदीमा बगेर बेपत्ता भएका छन् ।

अजिरकोट गाउँपालिका ४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० बर्षका शम्सेर नेपाली दरौंदी नदीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहिबार दिउँसो एक बजेदेखि नदीमा हराइरहेका उनको खोजी कार्य भइरहेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्