| आइतवार, कार्तिक १५, २०८३

ठूलो सामुदायिक वनको ३३औं वार्षिक साधारण सभा सम्पन्न

गोरखा नगरपालिका–७ हिलेपोखरीमा रहेको ठूलो सामुदायिक वन उपभोक्ता समूहको ३३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार गोरखा क्याम्पसको सभाहलमा कार्यक्रम गरि समूहको साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा समूहका सचिव बेल बहादुर बस्नेतले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो भने कोषाध्यक्ष शोभा थापा पाण्डेले १९ लाख ५५ हजार १७१ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको अवसरमा समूहको विकासमा योगदान पुर्‍याएका हालसम्मका पूर्व अध्यक्षहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। १५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन क्षेत्रमा कुल ६९६ घरधुरी उपभोक्ता सदस्य रहेका छन्।

समूहका अध्यक्ष जित बहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा सव डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन महासंघ गोरखाकी उपाध्यक्ष पार्वती पाठक, गोरखा नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, गोरखा क्याम्पस प्रमुख नवराज पाण्डे, नवज्योती माविका प्रधानाध्यापक वेद शर्मा भट्ट, हिमचुली साकोसका अध्यक्ष ऋषिराम सापकोटाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्