
गोरखाको सिर्दिबासमा एक घर जलेर नष्ट
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा एक घर जलेर नष्ट भएको छ । बिहिबार बेलुका साढे सात बजे स्थानीय धनबहादुर गुरुङको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
ब्लकले बनाएको, दुईतले, चार कोठे घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । स्थानीयबासी र प्रहरी चौकी सिर्दिबासबाट खटिएका प्रहरीले आगो नियन्त्रणमा लिएका उनले बताए ।




