
शक्ति मावि तोडफोड गर्ने व्यक्ति पक्राउ
गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालय तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन् । विद्यालय तोडफोड भएको थाहा भएको ११ दिनपछि बुधबार प्रहरीले विद्यालय तोडफोड गर्ने एक जनालाई प्रकाउ गरिएको जनाएको छ ।
दशैं फूलपातीको दिनतिर विदाको मौका छोपी विद्यालयको पुस्तकालय र पुरानो कार्यालय प्रमुखको निवास लगायत तीनवटा भवनमा तोडफोड गरी विद्युत तार चोरी गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
तोडफोड गर्ने समूहले बाहिरि वायरिङ गरिएका तीनवटा भवनका सबै तार चोरी गरेका छन् । साथै बल्व, मिटरबक्सलगायतका विद्युतका सामग्रीहरु तोडफोड गरेर नष्ट गरेका छन् ।विद्युत तारमा हुने तामाजन्य धातु चोरी गर्ने नियतले भवनको हाउस वायरिङ तोडफोड गरिएको पक्राउ परेका व्यक्तिले प्रहरी समक्ष बयान दिएका छन् ।
उनलाई प्रकाउ गरी बिहीबार म्याद थपका लागि पठाइने डिएसपी श्रेष्ठले बताए ।




