
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानमा गोरखाका तीनजना चयन
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालमा गोरखाका तीनजना चयन भएका छन् । प्रतिष्ठानको बर्दिबासमा सम्पन्न नवौँ महाअधिवेशनले उपाध्यक्षमा गोरखा भिमसेनथापा गाउँपालिकाका रबिन लामिछाने चयन भएका हुन् ।
यस्तै, सचिवमा प्रकाश भट्ट्र र सदस्यमा सुमन परियार निर्वाचित भएका राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान पुर्वअध्यक्ष शिव केसीले बताए । ‘उहाँहरु दुईजना भने बारपाक सुलिकोट गाउँपालिकाको हुनुहुन्छ’, केसीले भने । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति आएको हो ।
महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, साङ्गठनिक उपाध्यक्षमा राजु ढकाल , प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई, महिला उपाध्यक्षमा देवी घर्ती, खुल्ला उपाध्यक्षहरूमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा, रबिन लामिछाने चयन गरेको छ ।




