
गोरखाकी ऋतु गान्धारीलाई भोला दाहाल स्मृति पुरस्कार
गोरखा नगरपालिका–७ निवासी ऋतु गान्धारीलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार २०८३’ प्रदान गरिएको छ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को ३२औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बाल विकास, महिला सशक्तीकरण तथा सामुदायिक विकासमा योगदान पुर्याएको भन्दै गन्धारीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
गोरखामा रेडियोमार्फत आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी गान्धारीले युएन नेपाल, गोरखामा सामाजिक परिचालकका रूपमा काम गर्नुका साथै पर्साको सामाजिक संगठन जिल्ला समन्वय समिति र अन्य संस्थामार्फत पनि अनुभव हासिल गरेकी छन्। उनी सामाजिक सुरक्षा नागरिक समाज सञ्जालमा अनुगमन, मूल्याङ्कन तथा सञ्चार सहकर्मीका रूपमा कार्यरत छिन ।
हाल उनी फोकस नेपाल धादिङमा अनुगमन मुल्यांकन अधिकृतको रूपमा कार्यरत छिन । उनले प्रारम्भिक बाल विकाससम्बन्धी परामर्श, बालमैत्री विद्यालय तालिम, अभिभावक शिक्षा तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा समेत योगदान पुर्याएकी छन्।




