
त्रिशुलीको बाढीले रिभरफन रिसोर्टमा क्षति
त्रिशुलीको बाढीले गण्डकी १ बुटारस्थित रिभरफन रिसोर्टमा क्षति पु¥याएको छ । सचिन धमलाले संचालन गर्दै आएको रिभर फन रिसोर्टमा अबिरल बर्षाको कारण आएको बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीले रिसोर्टको १५० मिटर लम्बाई ३ मिटर उचाई भएको पक्की पर्खाल माथि लगाएको फलामको बार बगाएको छ । त्यस्तै स्वीमिङपुल नजिकका १५ थान कुर्ची, बगाएको छ ।
रिसोर्टका गेटहरु सबै बगाएको छ । पानी तान्ने मोटर, मोटर बोटको पार्किङ स्थल बगाएको प्रहरीको भनाइ छ ।




