| बुधबार, असार १६, २०८३

करेण्ट लागेर रोपाइँको गोरु मर्यो

करेण्ट लागेर रोपाइँको काम गरिरहेको गोरु मरेको छ । सिरानचोक गाउँपालिका ४ कागबेनीस्थित खेतमा रोपाइँको काम गरिरहेको गोरु मंगलबार दिउसो १ बजे मरेको प्रहरीले जनाएको छ ।
सिरानचोक गाउँपालिका ४ का तिलकबहादुर गोतामेको खेतमा धान रोपाईको काम गरिरहेको स्थानीय कृष्णबहादुर सार्कीको गोरु मरेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘खेत जोतिरहेको गोरु खेतको आलिमा रहेको विद्युतको पोलमा छुन पुग्यो । त्यसमा करेन्ट चुहावट भएको रहेछ’, डिएसपी श्रेष्ठले भने, ‘जोतिरहेको एउटा गोरुलाई केरन्ट लाग्यो र घटनास्थलमै मृत्यु भयो । मानवीय क्षति भने हुन पाएन ।’
सो गोरुका धनीलाई विद्युत प्राधिकरणले क्षतिपूर्ति दिने प्राधिकरणको गोरखा वितरण केन्द्रका प्रमुख राम आशिष शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्