| बुधबार, असार १६, २०८३

लामखुट्टे धपाउन धुप लगाउँदा गोठसहित पशुचौपाया जलेर नष्ट

लामखुट्टे धपाउन धुप लगाउँदा गोरखामा गोठसहित पशुचौपाया जलेर नष्ट भएको छ । भीमसेनथापा गाउँपालिका वडा नं. २ काउले निवासी झण्डबहादुर लामिछानेको गोठमा गएराती आगालागी हुँदा भैँसी, पाडो, बाख्रा र बोका जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको गोठमा आगो लाग्दा एउटा भैँसी, एउटा पाडो, चारवटा बाख्रा र तीनवटा बोका जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । ‘बेलुकी लामखुट्टे धपाउन गोठमा लगाएको धुनी सुत्नेबेला निभाएका रहेछन्’, डिएसपी श्रेष्ठले भने, ‘तर हावाहुरीको कारणले फेरि सल्किएर गोठमा आगालागी भएको रहेछ ।’ राती तीनबजे आगो निभाएर सकिएको उनले बताए । आगालागीबाट पशुधनको क्षति भए पनि जनधनमा कुनै क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्