| बुधबार, बैशाख २९, २०८३

२४ घण्टा अघि मोटरसाइकलले ठक्कर दिएर मृत्यू भएकाको अझै पहिचान खुलेन

गोरखा : गोरखामा २४घण्टाअघि मोटरसाइकलको ठक्करबाट मृत्यू भएका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन । मंगलबार बिहान १०ः४० बजे गोरखा नगरपालिका १३ तीनकिलोस्थित सडक किनारामा हिडिरहेका अन्दाजी ५० बर्षका पुरुषको बा ९९ प ५५९ नंबरको मोटरसाइकलले ठक्कर दिएर मृत्यू भएको थियो ।

तत्काल आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि उनको थप उपचारका लागि भरतपुर अस्पताल पठाउँदा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएको २४ घण्टा भइसक्दा पनि उनको पहिचान नखुलेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनी पोखरातिरको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्