| बुधबार, बैशाख २९, २०८३

गोरखाका ५२ बर्षीय नवीन भट्ट पनि एसईई पास

गोरखाका ५२ बर्षका नवीन भट्टले यसबर्ष एसईई उतीर्ण गरेका छन् । भीमसेनथापा गाउँपालिका २ तान्द्रङ ओख्लेका भट्टले सदरमुकामको शक्ति माविबाट एसईई उतीर्ण गरेका हुन् ।

दुईबर्षअघि कक्षा ९ मा भर्ना भएर पढ्न थालेका भट्टले २.९५ जिपिए (बीप्लस) प्राप्त गरी एसईई उतीर्ण गरेका विद्यालयले जनाएको छ । उनी एसईईपछि कक्षा ११ र १२ विज्ञान विषय लिएर पढ्ने बताएका छन् । साथै त्यसपछि पनि विज्ञान विषय लिएरै स्नातक पढ्ने लक्ष्य रहेको बताएका छन् ।

यसअघि उनी आफूलाई एमबिबिएस पढ्न इच्छा लागेका र जसरी पनि एमबिबिएस पढिछाड्ने बताउँदै आएका थिए ।
उनले छोरालाई पनि एमबिबिएस पढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्