| सोमवार, अशोज ११, २०८३

बालमन्दिरको विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत्त अनाथ तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार रामबिजुली विपन्न सेवा ट्रष्टका अध्यक्ष रामप्रसाद लामिछानेले बालमन्दिरका ३२ विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

चिसो बढ्न थालेपछि विद्यार्थीहरुलाई केही राहत होस् भनेर न्यानो कपडा वितरण गरिएको ट्रष्टका अध्यक्ष लामिछानेले बताए । विपन्न विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आनन्द मिल्ने उनी बताउँछन् ।

बालमन्दिर माविका प्रध्यानध्यापक भर्गबबाबु पाण्डे, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लुमनाथ लामिछाने, रामबिजुली विपन्न सेवा ट्रष्टका अध्यक्ष रामप्रसाद लामिछाने, ट्रष्टका संरक्षक विप्लपकुमार लामिछाने लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्