| सोमवार, साउन १०, २०८३

गोरखा जिल्ला अस्पताल ः विगत र वर्तमान

डा. सिद्धार्थ खनाल (नि. मेडिकल सुपरिटेण्डेन्ट, गोरखा अस्पताल)
१. विषय प्रवेश
गोरखा जिल्लामा दुईवटा नगररपालिका तथा नौवटा गाउँपालिका गरी ११ स्थानीय सरकार रहेको छ । ९३ वडामा विभाजित यस जिल्ला हिमाली, पहाडी, लेक बेसी मिलेर बनेको छ । करिब २ लाख ५० हजार जनसङ्ख्या रहेको यस जिल्लामा यो नै छाता अस्पतालको रूपमा रहेको सरकारी अस्पताल हो । आम गोरखाली लगायत आसपासका जनताको समेत आस्था र विश्वासका केन्द्रका रूपमा उभिएको अस्पतालको भौतिक विकास र स्वास्थ्य जनशक्तिको पर्याप्त सुविधामा मात्र गोरखाली जनताको स्वास्थ्याकाङ्क्षालाई पुरा गर्न सक्छ ।

२.गोरखा अस्पतालको ऐतिहासिक पृष्ठभूमि
नेपालमा परम्परागत उपचार विधिबाट स्वाथ्यमा आधुनिकीकरण तर्फ गएकोे इतिहास त्यति लामो छैन । तर गोरखा अस्पतालको इतिहास हेर्ने हो भने गोरखामा स्वास्थ्य संस्थाको सुरुवाततिर पुग्नु पर्ने हुन्छ । गोरखामा कहिले औषधालयको रूपमा त कहिले हेल्थकेयर सेन्टरको रूपमा औषधोपचारको काम भएको पाइन्छ । ण्ण्ण्ण्ण्ण् वि.सं. १९८७ सालदेखि आयुर्वेद औषधालयको रूपमा सुरु भएको यो स्वास्थ्य संस्था २०२२ देखि २०२९ सालसम्म प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा विकास हुन पुग्यो । २०२७÷२८ तिर जापानी राजदूतावासको सहयोगमा जापानी शैलीमा ढुङ्गाको गाह्रो तथा ढुङ्गाकै छानो रहेको टहरा जस्तो आकर्षक देखिने अस्पतालको भवन तथा क्वाटरहरू निर्माण भयो । २०२९ साल चैत्र २४ गते यो अस्पतालले आपूmलाई १५ शैयामा स्तरोन्नती गरी ४० वर्षको प्रौढावस्थासम्म १५ शैयामानै खुम्चिएर बसेको यो अस्पतालले २०६९ साल भाद्र ८ गते आएर मात्र आपूmलाई ५० शैयामा रुपान्तरण गर्ने अवसर प्राप्त ग¥यो । देश संघीयतामा गए पछि यो अस्पताल पनि २०७४ सालदेखि प्रादेशिक अस्पतालको रुपमा सेवारत छ । यस अस्पतालमा कर्मचारीहरूको स्वीकृत ५९ दरबन्दी रहेकोमा अहिलेसम्म स्थायी कर्मचारीको सङ्ख्या ३१ जनामात्र रहेको छ । विभिन्न संघसंस्थाको सहयोगमा अस्थायी, करार तथा अन्य स्रोतका कर्मचारीहरू गरी अहिले १६१ जना कर्मचारी कार्यरत छन् । यो अस्पताल ल्क्क्ष् को हब अस्पताल भएकाले पनि थप सेवा विस्तारमा सहयोग पुगेको छ । यस अस्पतालमा संघीय करारका २२, प्रदेश करारका १७ छात्रवृत्ति करारका १६ अस्पताल व्यवस्थापन समिति करारका ५२, ल्क्क्ष् मार्फत १८, ब्ज्ँ नेपाल मार्फत १, गोरखा नगरपालिका मार्फत १ जना तथा अन्यबाट ३ जना र सरकारी स्थायी ३१ गरी १६१ जना कर्मचारी कार्यरत छन् ।

३. दक्ष जनशक्ति र आधुनिक प्रविधिको अवस्था

गोरखा अस्पतालले चौविसै घण्टा आकस्मिक सेवा साथै ल्याब, एक्सरे, फार्मेसी सेवा, सामाजिक सेवा एकाइ,, एकद्घार सङ्कट व्यवस्थापन, मेडिको लिगल सेवा, ई.सी.जी., टिकट काउण्टर, स्वास्थ्य बिमा, एम्बुलेन्स, अन्तरङ्ग विभाग, प्रसुती सेवा, बालरोग सेवा, जनरल सर्जरी, मनोचिकित्सा, नसर्ने रोग, हाडजोर्नी तथा नसा रोग, फिजियोथेरापी तथा पुनरस्थापना एवं डेण्टल सेवा रहेको छ । यसै गरी अन्य सेवाहरूमा भिडियो एक्सरे, भ्अजय, हेमोडायलाइसिस, सुरक्षित गर्भ पतन, परिवार नियोजन सेवा र ब्।च्।त्। रहेको छ । अहिले यस अस्पतालमा सुविधा सम्पन्न आई.सी.यु. सेवा पनि सञ्चालनमा छ । यसका कारण सिकिस्त बिरामीहरूका लागि सहज उपचार सेवा भएको छ भने शल्यक्रिया सेवामा पनि प्रभावकारिता आएको छ । फलस्वरुप गत आर्थिक वर्षको रेकर्ड हेर्ने हो भने ९५५७७ जना सेवा ग्राहीहरूले यस अस्पतालबाट सेवा लिनु भएको छ । शल्यक्रिया तर्फ स्त्रीरोग र पाठ्ेघर सम्बन्धी ११६ जनाको, हाडजोर्नी तथा नसा रोगसम्बन्धी २९१ जनाको जेनरल सर्जरी २८१ जना तथा सिजरियन सेक्सन १८२ जनाको र mष्लयच २१० जना गरी जम्मा १०७८ जनाको शल्यक्रिया भएको छ ।

४. अर्थोपेडिक सर्जन हुँदै बिरामीको सेवामा कार्यरत अनुभव
चिकित्सकहरूको आप्mनो व्यक्तिगत जीवन नै हुँदैन । यो पेसा भनेको बिरामीको सेवाबाट आनन्द लिने, उनीहरूको मुस्कानमा खुशी हुने हो । त्यसैले यसैमा रमाउन, यसैमा खेल्न, यसैमा खुशी हुन, यसैमा नयाँनयाँ खोज अध्ययन अनुसन्धान गर्न र यसैलाई नै आप्mनो भविष्य बनाउन सकियो भने बल्ल प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ । गोरखा आफैमा पहाडी जिल्ला हो । यहाँ आउने अधिकांश बिरामीहरू हाडजोर्नी र नसा सम्बन्धी हुने चित्र मैले बाल्यकालमा नै देखिसकेको थिएँ । आज आफँै हुर्किएको अस्पतालमा हाडजोर्नी र नसारोग सम्बन्धी चिकित्सक बनी निमित्त मेडिकल सुपरिटेण्डेन्ट समेत जिम्मेवारीमा रहनु मेरा लागि गौरवको कुरा पनि हो ।
२०७९ असोजदेखि जब म यस अस्पतालमा कार्यरत छु । हाडजोर्नी तथा नसारोग विशेषज्ञ भएकाले दैनिक ओपिडीमा १०० देखि १५० जनासम्म विरामीहरु हेर्नु पर्र्छ । यस विभागमा आउने विरामीहरूमा ढाडको समस्या, घुडा खिइने, पाताको समस्या मुख्य रहेका छन् । यसका अतिरिक्त हात खुट्टा भाँचिएको, नसा चुडेको वा काटिएको, जोर्नी आदिको शल्यक्रिया पनि गर्दै आएका छौं । म आएदेखिको यो डेढ वर्षमा मेरा समकालीन साथीहरूको सहयोगमा ५०० भन्दा बढी शल्यकिया गरिसकेका छोै । गोरखा अस्पतालमा यो सेवा प्रात भए पछि रेफरको दर पनि घट्दै गएको छ ।

५. मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हाल्दै गर्दा गोरखा जिल्ला अस्पताललाई थप व्यवस्थित सेवा विस्तारमा मेरो संस्थागत चाहाना
मैले ९ महिना अघिबाट मे.सु.को जिम्मेवारी सम्हाले सँगै सुधारका केही कार्यहरु गर्ने प्रयास गरेको छु । म कार्यानुभवमा नयाँ भएकाले चुनौतीहरू त हुने नै भए । तर ती चुनौतीलाई अवसरमा परिणत गर्दै केही व्यवस्थापनका कायहरू गर्दै आएका छोंै । प्रयोगमा नआएका अव्यवथित रूपमा ठाउँमात्र ओगटेका सामानहरूको व्यवस्थापन गरी खाली भएका कोठाहरूमा सेवा विस्तार गरिएको छ । ल्याप्रोस्कोेपी सेवा अस्पतालमानै शुरुगरिएको छ । आखाँको उपचार पनि गोरखा अस्पतालबाट नै शुरु गर्ने तयार भइरहेको छ । अस्पतालको लिप्mट निर्माण, पार्किङ तथा गेटको निर्माणका कार्यहरू पनि सम्पन्न भैसकेका छन् । सेवाग्राहीहरूको भीडलाई व्यवस्थित गरी सेवालाई थप प्रभावकारी बनाउन ओ.पी.डी.सेवालाई थप व्यवस्थित गरिएको छ । यसका साथै बैकल्पिक उपचार विधि आयुर्वेद उपचार पद्यतिको पनि यस अस्पतालबाट सुरुवात भैसकेको छ ।

६. थप संभावना तथा चुनौतीहरु
दरबन्दी अनुसारको कर्मचारी नहुनु, र आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन हुन नसक्नु नै यस अस्पतालको प्रमुख चुनौति रहेको छ । अस्पतालको क्षेत्र विस्तारका लाागि ठाउँको अभाव, स्वास्थ्यकर्मीहरूको आवास व्यवस्थापनका लागि ठाउँ नहुनु, समयमा औषधी आपूर्ति नहुनु, स्वास्थ्य बीमाको रकम समयमा प्राप्त नहुनु, बजेट पर्याप्त नपाउनु , विनियोजित रकम पनि समयमा नआउनु, सरकारी अस्पतालप्रति जनताको विश्वास कम हुनु, अस्पतालको जग्गाको उचित संरक्षण र व्यवस्थापन हुन नसक्नु यसका प्रमुख चुनौतीहरू रहेका छन् ।
यति हुँदाहुदै पनि गोरखा अस्पताल यस क्षेत्रको जनताको आस्था र विश्वासको धरोहर बन्न सफल भएको छ । यस अस्पतालले राजनैतिककर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीय समाजसेवीहरूको गहिरो माया पाइरहेको छ । यस अस्पतालले थप विशेषज्ञ सेवा प्रदान गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, अस्पताललाई ५० शैयाबाट क्रमश. २०० शैयामा स्तरोन्नति गर्ने यसै अस्पतालबाट नर्सिङ पढाई सुरु गर्ने, फोहर मैलाको उचित व्यवस्थापन गर्ने, आईसीयुलाई थप सुदृढीकरण गर्ने, मेसिन ल्याएर सेवा प्रवाह गर्ने, जेष्ठ नागरिक तथा नियमित औषधी खाने बिरामीहरूका सुविधाका लागि छुट्टै ओ.पी.डी को व्यवस्था गर्ने जस्ता उच्चस्तरको सेवा प्रवाहका लागि गोरखा अस्पताल परिवार दत्तचित्त भएको छ । यसका लागि अस्पताल व्यवस्थापन समितिको उत्साहपूर्ण क्रियाशीलता प्रशंसनीय रहेको छ ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्