
आजबाट हट्यो निर्वाचन आचारसंहिता
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आजबाट लागू नहुने भएको छ ।
आयोगले सोमवार यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । गत बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचबन आयोगले गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि आचारसंहिता लागू गरेको थियो । उक्त आचारसंहिता सोमवार रातीदेखि निष्क्रिय भएको आयोगले जनाएको छ ।




