| बुधबार, फाल्गुन २६, २०८२

अबुधाबीमा मारिएका दिवशको पशुपति आर्यघाटमा दाहसंस्कार

इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवश श्रेष्ठको दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा शनिबार राती आठबजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका ८ का वडाअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

मृतकका बुबा चामबहादुर श्रेष्ठले छोरा दिवशको काजकिरिया गर्न सुरु गरेका छन् । आइतबार आठौं दिनदेखि काजकिरिया सुरु गरिएको उनले बताए । अबुधावीस्थित जायद विमानस्थलमा कार्यरत २९ बर्षका श्रेष्ठको एकसाताअघि शनिबार राती इरानले प्रहार गरेको ड्रोन निस्कृय पार्ने क्रममा मृत्यू भएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उनको शव गत शनिबार अपरान्ह चार बजे त्रिभुवन विमानस्थलमा ल्याइपु¥याई साँझ दाहसंस्कार गरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्