
आँखा रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न
गोरखा सदरमुकाममा शनिबार आँखा रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको आयोजना तथा औषधी व्यवसायी संघ गोरखाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाका औषधी व्यवसायीहरुलाई आँखा रोग सम्बन्धी अभिमुखीकरण गराएको औषधी व्यवसायी संघ गोरखाका अध्यक्ष बिनोद अर्यालले बताए । कार्यक्रममा हिमालयन आँखा अस्पताल पोखराका प्रोफेसर इन्द्रमान महर्जनले सहजीकरण गराएको उनले जानकारी दिए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवण कुमार जोशिको अध्यक्षतामा भएको अभिमुखीकरणमा औषधी व्यवसायी संघ गोरखाका पदाधिकारी एवं सदस्यहरु तथा जिल्लाका औषधी व्यवसायीहरुको सहभागिता रहेको थियो ।




