| शनिबार, बैशाख २९, २०८१

वैंक, सहकारी तथा बिमा कम्पनी तथा बिभिन्न कार्यालय खुलाउने निर्णय

 

आइतबारदेखि गोरखाका सबै वैँकहरुबाट सेवा सुचारु हुने भएको छ ।

नेपाल सरकारको निर्णय तथा शुक्रबार जिल्लास्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोनाबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रले वैंक सञ्चालनका लागि सहजीकरण गर्ने निर्णय गरेको हो ।

‘अत्यावश्यकीय सेवा प्रवाहका लागि सम्बन्धित स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा सरकारी तथा सार्वजनिक संस्था, वैँक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी संस्थाले प्रबाह गर्दै आएका वित्तीय क्रियाकलापसुचारु गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरियो’, निर्णय पुस्तिकामा उल्लेख छ, ‘त्यसका लागि आलोपालो गरी न्यूनित्तम कर्मचारी परिचालन गरी, न्यूनत्तम सामाजिक दुरी, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्