
गोरखा १ : फराकिलो मतान्तरले सुधन गुरुङ बिजयी
गोरखा क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ बिजयी भएका छन् । मतगणनाको अन्तिम नतिजा अनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।
उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् ।
चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मात्र छ ।
कुल १ लाख २० हजार ५२५ मतदाता रहेको सो क्षेत्रमा ६३ हजार ६०९ मत खसेको थियो । जसमध्ये ६१ हजार ३९० मात्र सदर भएका थिए ।




