| बुधबार, फाल्गुन २६, २०८२

गोरखा–२ : दोब्बरबढी मतले रास्वपा अगाडी

गोरखा क्षेत्र नम्वर २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी दोब्बरबढी मतले अगाडी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका प्रकाशचन्द्र दवाडीसँग बुर्लाकोटीले १० हजार ९९२ को फराकिलो मतान्तर कायम गरेका छन् ।

बुर्लाकोटीले २१ हजार ५३७ मत प्राप्त गर्दा दवाडीले १० हजार ५४५ मत ल्याएका छन् । यो कुल ४७ हजार ९१६ मतगणना हुदाँको परिणाम हो । नेकपाका लेखनाथ न्यौपाने ९ हजार ७०९ मत ल्याएर तेस्रो स्थानमा छन् भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले २ हजार ४७० मात्र मत प्राप्त गरेका छन् ।

अहिले मतगणना जारी छ । सो क्षेत्रमा कुल ५७ हजार २५८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्