| बुधबार, माघ २८, २०८२

दुई हाइड्रोपावरद्वारा धार्चेमा दुई बेलिबिज्र बन्दै

दुई हाइड्रोपावर कम्पनीद्वारा गोरखाको धार्चे गाउँपालिकाका दुई ठाउँमा बेलिब्रिज बन्ने भएको छ । दुबै बेलिब्रिजको आइतबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सिलान्यास गरेका छन् ।

२४.५ मेगावाटको दोभानखोला हाइड्रोपावर कम्पनीले बेनिघाट–आरुघाट–लार्के सडकको धार्चे ३ खोत्राङदेखि धार्चे १ दोभान जोड्ने पुल बनाउन लागेको हो । त्यस्तै ३०.५ मेगावाटको यारुखोला हाइड्रोपावर कम्पनीले सोही सडकको धार्चे ३ ओढारदेखि धार्चे १ स्याउली जोड्ने पुल बनाउन लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

खोत्राङदेखि दोभान जोड्ने पुल ३७ मिटर लामो पुल बन्नेछ भने ओढारदेखि स्याउली जोड्ने पुल ३५ मिटर लामो बन्ने छ । दुवै पुल ६ देखि ७ करोड लागतमा बन्ने गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । दुबै कम्पनीले आउँदो असार मसान्तअघि नै पुल निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरेका अध्यक्ष गुरुङले जानकारी दिए ।

पुल सिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्षहरु, हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरु र स्थानीयबासीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्