
द्रव्यशाह क्याम्पसमा एआई सम्बन्धी कार्यशाला
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा एआईसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा अनुसन्धान तथा प्रकाशनमा एआईको नैतिक प्रयोग (वर्कसप अन इथिकल युज अफ एआई फर रिसर्च एण्ड पब्लिकेशन) शीर्षकमा कार्यशाला सम्पन्न भएको हो ।
वर्कसपमा आयोजक द्रव्यशाह क्याम्पस, गोरखा क्याम्पस, भवानी बहुमुखी क्याम्पस, भिमोदय बहुमुखी क्याम्पस, आँबुखैरेनी बहुमुखी क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो । कार्यशालामा नीति तथा अनुसन्धान कार्यालयका डाक्टर निरञ्जन देवकोटाले सहजिकरण गरेका थिए ।
सबै क्षेत्रमा एआईको प्रयोग बढिरहेको अबस्थामा अनुसन्धान तथा प्रकाशनमा पनि एआईको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिन पाउँदा धेरै उपयोगी भएको सहभागीहरुको प्रतिक्रिया रहेको थियो । कार्यक्रममा द्रव्यशाह क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण पराजुलीले सहजिकरण गरेका थिए ।




