| शनिबार, बैशाख ८, २०८१

भोलिबाट मौसममा बदली आउने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नेपालको मौसम भोलि (बुधबार)देखि बदली हुने जनाएको छ।

महाशाखाका अनुसार हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा छ र यो बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने देखिन्छ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

विशेष बुलेटिनमा भनिएको छ– उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

source: dainikonline.com

प्रतिक्रिया दिनुहोस्