
स्ववियु निर्वाचन : गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलै बिजयी
द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष (कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु) को संयुक्त प्यानलै बिजयी बनेको छ ।
मंगलवार राती अवेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् । अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ।
त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै वस्नेत बिजयी बनेका हुन् । बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।
सदस्यहरुमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र विपना कोइराला बिजयी बनेका छन् ।
उनीहरुमध्ये कोइराला अनेरास्ववियुकी हुन् भने अरु नेविसंघका हुन् ।




