
बस्नेत बने नेकपा एमालेका गोरखा जिल्ला इञ्चार्ज
नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत सो पार्टीको गोरखा जिल्ला इञ्चार्ज भएका छन् । बिहिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बस्नेतलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो ।
उनी यसअघि लम्जुङ जिल्ला इञ्चार्ज थिए भने लीलाबहादुर थापा(बाग्लुङ) गोरखा जिल्ला इञ्चार्ज थिए ।
गोरखा जिल्ला कमिटी अध्यक्ष समेत भइसकेका बस्नेत यसअघि प्रदेशसभा सदस्य एवं भौतिक पूर्वाधार मन्त्री पनि थिए ।
त्यस्तै पार्टीले सम्झना देवकोटालाई गोरखा १ को इञ्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै सम्पर्क समन्वय समितिका सचिवको जिम्मेवारी आरसी लामिछानेलाई दिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।