| आइतवार, बैशाख १४, २०८२

प्रचण्ड

सांसदलाई प्रचण्डले भने ः ‘ओभर कन्फिडेन्ट’ देखाउनु हुन्न

पाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्ट’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकतासँगै जिम्मेवारी बढेको बताए । विपक्षीहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले सानाठूलो कमजोरी गर्दा त्यसलाई एक्सपोज गर्ने क्रम बढेर जाने उनले बताए ।

पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ महनत गर्छ भन्दै उनले सांसदहरुलाई एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामथ्र्य विकास गर्न आग्रह गरे । ओभर कन्फिडेन्ट देखिए त्यो प्रत्युपादक हुन सक्ने भन्दै उनले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन ।’

प्रतिक्रिया दिनुहोस्