
घमण्डी भन्ने कांग्रेसलाई ओलीले दिए दनक
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई दमन नगर्ने बताएका छन् । नेकपा देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको भन्दै उनले नआत्तिन कांग्रेसलाई आग्रह गरे ।
एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेपछि शनिबार बसेको पहिलो संसदीय दलको बैठकमा ओलीले भने, कांग्रेस आत्तिनु पर्दैन । हाम्रो शक्तिलाई देश बनाउन प्रयोग गर्छौं, विपक्षीलाई दमन गर्न होइन ।’
उनले आफूहरु घमण्डी हुन्छन् कि भन्न चिन्ता नगर्न पनि आग्रह गरे । नेकपाका अध्यक्ष ओलीले भने, ‘हामी घन्मण्डी हुन्छौं कि भन्ने चिन्ता विपक्षीलाई लाग्न थालेछ । तर, देश बनाउन यति ठूलो भारी बोकेर हिँडेका छौं, कसलाई घमण्ड गर्ने फुर्सद ।’