| शनिबार, जेष्ठ ४, २०८२

प्रहरी

प्रहरीको टोलीमाथि विप्लव पार्टीको आक्रमण

डोल्पा-डोल्पामा विप्लव माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ ।

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेर विप्लव पार्टीका कार्यकर्ताले पक्राउ परेका आफ्ना साथी छुटाएर लगेका छन् । उनीह नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल बन्दका बेला राष्ट्रियता विरोधी काम भएको भन्दै विप्लव पार्टीले आइतवार नेपाल बन्दको आव्हान गरेको थियो ।

राससका अनुसार नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्