| आइतवार, बैशाख १४, २०८२

पालुंटार हिँडेका बाबुरामलाई रुखले बाटो छेकेपछि . . .

१४ वैशाख – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई शुक्रवार आफ्नो निर्वाचन क्षेत्र गोरखा जाँदै थिए ।

कच्ची मोटरबाँटो हुँदै कार्यक्रमस्थल तर्फ जाँदै गरेका बाबुरामको यात्रालाई एउटा रुखले रोकिदियो ।

सालघारीको बाटोमा एउटा ठूलो रुख सडक वारपार हुनेगरि तेर्सिएको थियो ।

‘कार्यक्रम स्थलमा पुग्नै लागेको वेलामा अकस्मात रुख लडेर बाटो छेकेपछि क्या फसाद !’ भट्टराईले फोटो सहित ट्वीट गरेका छन् । सहयोगीहरुका अनुसार अहिले भने गन्तव्य स्थलमा पुगेका छन् ।
बाबुरामसँगै नयाँ शक्तिका गोरखा जिल्ला संयोजक रमेश पोखरेल पनि कार्यक्रममा जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्