| आइतवार, बैशाख १४, २०८२

गृह मन्त्रालयले गर्यो प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

 वाम गठबन्धन सरकार निर्माण भएयता सिडिओ सरुवा गरिएको यो पहिलो पटक हो। यसअघि गृहले चैत १४ गते सिडिअाे खाली रहेका ६ जिल्लामा सिडिअाे पठाएकाे थियाे।

हाल धनुषाका सिडिअाे रहेका शिशिर पाैडेललाइ मुस्तांग सरूवा गरिएकाे छ। पर्वतका सिडिअाे राजेश पन्थी कास्की पुगेका छन्। मुस्तांगका सिडिअाे रामचन्द्र तिवारी विमानस्थल अध्यागमनमा तानिएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकाल सिडिअाेकाे रूपमा पर्वत सरूवा भएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक लीलाधर अधिकारीलाइ म्याग्दीकाे सिडिअाेकाे जिम्मेवारी दिइएकाे छ। म्याग्दीका सिडिअाे कृष्णप्रसाद अधिकारीलाइ कारागार व्यवस्थापनमा सरूवा गरिएकाे छ। बाजुराका सिडिअाे लुकबहादुर क्षेत्री सहायक सिडिअाेकाे रूपमा काडमाडाैं सरूवा भएका छन्।

सहसचिव र उपसचिव गरी ६० जनाकाे सरूवा भएकाे छ। सरूवा हुनेहरूमा ३१ सहसचिव र २९ उपसचिव छन्। तराइसहित रणनीतिक महत्वका जिल्लामा सहसचिव सिडिअाे हुने प्रावधान छ। पहाडी एवं हिमाली जिल्लामा उपसचिव सिडिअाे हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्