| आइतवार, बैशाख १४, २०८२

कांग्रेस संस्थापन पक्ष रामचन्द्रप्रति अाक्रामक

कांग्रेस सुदृढीकरणका लागि बन्ने भयो ‘रोड म्याप’

काठमाडौं : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पाँच वर्षभित्र कांग्रेसलाई सुदृढ गर्नका लागि ‘रोड म्याप’ तयार पारेर अघि बढ्नुपर्ने माग उठेको छ। केन्द्रीय सदस्यहरूले निश्चित मार्गचित्र बनाएर अब पनि कांग्रेसलाई सुधार नगरे पछुताउनुपर्ने बताएका छन्।

जारी केन्द्रीय समिति बैठकको १०औँ दिन बुधबार पनि सधैँ जस्तै चुनावको हारका बारेमा समीक्षा भएको छ। स्थानीय तहको निर्वाचनबाट नै पार्टीको हारको ‘साइरन’ बजिसकेको अवस्थामा नेतृत्वले केही गर्न नसक्नु कमजोरी रहेको केन्द्रीय सदस्यले बताएका छन्। बदलिएको चुनावी चित्रलाई बदल्ने गरी कांग्रेस बदलिन नसक्दा पराजयको तीतो अनुभव गर्नुपरेको धारणा आइरहेको छ। गत चैत ९ गतेदेखि सुरु भएको बैठक पार्टी नेता खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गते स्थगित भएको थियो।

त्यसपछि बैशाख ९ गते सुरु बैठक १०औँ दिन पुग्दा अन्तिम चरणमा पुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भने, ‘अब केही नेताले धारणा राख्न बाँकी छ। सम्भवत: भोलिसम्म बैठक सकिन सक्छ। हाम्रो योजना पनि त्यही हो तर बोल्ने क्रम लामो भएमा पर्सिसम्ममा सकिन्छ।’ बुधबारको बैठकमा नेता विमलेन्द्र निधि, शंकर भण्डारी, महेश आचार्य, विश्वप्रकाश शर्मालगायतले धारणा राखेका छन्। उनीहरूले चुनावमा हारको कारण पहिल्याउँदै अब कांग्रेस सुदृढीकरणको बाटोतर्फ अघि बढ्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्