| शनिबार, जेष्ठ ४, २०८२

प्रचण्ड

जुन दिन भनिएको छैन, त्यहीदिन ड्याम्मै एकता हुन्छ ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब नभनिएको दिनमा पार्टी एकता हुने बताएका छन् । पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
“अलिकति खचपच हुनुलाई पनि अविश्मरणीय परिघटनाका रुपमा लिनुपर्छ,” ब्यानरका सम्बन्धमा भएको विवादका बारेमा संकेत गर्दै उनले भने, “यसबाट शिक्षा लिनुपर्छ ।”
उनले पार्टी एकताको मिति तोक्ने बारेमा छलफल पनि भइरहेको बताए ।

“पार्टी घोषणाको अन्तिम तयारीमा छौं,” उनले भने, “अझ संकल्प दह्रो भएको छ । संकल्प लिएका छौं । केन्द्रीय कमिटी नयाँ बनाउने चरणमा छौं । हामी एक अर्कामा रुपान्तरण हुँदैछौं ।”

उनले नेपाली जनताले नै गो अहेड भनेकाले अब पछि फर्किने अवस्था नभएको बताए ।

“नेपाली जनताले विल्कुल ठिक गर्यौ, गो अहेड भने,” उनले भने, “जनताले हामीलाई भरोसा गरेर स्थिरता र विकासका लागि जसरी भनेका छन् । कतैबाट छुट छैन ।  अब यो जनताको सम्पत्ति भएको छ । अब मैले या केपीले दायाँबायाँ गरे पनि जनताले छुट दिँदैनन् ।”

प्रतिक्रिया दिनुहोस्