| आइतवार, माघ २५, २०८२

पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु

शहिदलखन गाउँपालिका–७ बेलबोटेस्थित जुग्दी खोलामा पौडी खेल्ने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । आइतवार दिउँसो चार बजे खोलामा नुहाउने क्रममा डुवेर ३५ बर्षीय सुमन मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनसरी घर भएका उनी हाल शहिद लखन गाउँपालिका वडा नम्वर ४ बस्दै आएका थिए । शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्