| शनिबार, बैशाख ८, २०८१

ऊर्जा मन्त्री वर्षमान ‍पुन थाइल्याण्ड प्रस्थान

एसिया प्रशान्त क्षेत्रको ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज थाइल्याण्ड प्रस्थान गरेका छन्।

 

मन्त्री पुनले सम्मेलनमा ऊर्जाको सुरक्षा, चुनौती र सम्भावना तथा सरकारले अघि सार्न लागेका योजना र वैदेशिक सहयोग तथा लगानीका विषयमा सम्बोधन गर्दै नेपालमा लगानीका लागि आग्रह गर्ने कार्यक्रम रहेको जनाएको हो।

सम्मेलन मंगलबार र बुधबार चल्नेछ। सम्मेलनमा मन्त्री पुनले नेपालको ऊर्जाको पछिल्लो अवस्था र सरकारले चालेको कदमकाबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रीका सचिवालयले जनाएको छ। मन्त्री पुनसँग ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालसमेत थाइल्याण्ड प्रस्थान गरेका छन्।

उक्त सम्मेलन यसअघि सन् २०१३ मा रसियामा सम्पन्न भएको थियो। मन्त्री पुन यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ।रासस

प्रतिक्रिया दिनुहोस्