| बिहिबार, बैशाख ६, २०८१

गोरखाका निर्मल अर्यालले दिए फ्रान्सको नगरपालिकामा उपप्रमुखको उमेद्ववारी

गोरखा नगरपालिका ६ मा जन्मिएका निर्मल अर्यालले फ्रान्सको ओभरभिलिय नगरपालिकामा उप–प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मूलका अर्यालले लामो समय देखि आफु रहँदै आएको क्षेत्र भित्र पर्ने नगरपालिकामा उमेद्धवारी दिएका हुन् ।
एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष समेत रहेका अर्यालको फ्रेन्च समुदायसँग र त्यहाँका सामाजिक कार्यकर्ताहरूसँग राम्रोसँग घुलमिल र नजिकबाट चिनिने मौका पाएकाले सो क्षेत्रमा उनको राम्रो पकड रहेको बताइएको छ । विभिन्न सामाजिक कार्यमा संलग्न अर्याल पेशाले इन्जिनियर हुन् । फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका मानिन्छ । फ्रान्सको स्थानिय तहको अवधी ६ वर्षसम्मका लागि हुने छ । लामो समयदेखि सामाजिक कार्यमा लागिपरेको कारणले गर्दा फ्रान्सको राजनीतिमा आउन उत्प्रेरित भएको कुरा अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्