| शनिबार, बैशाख ८, २०८१

बेलायतको रश्मोर बरो र गोनपाका मेयरबिच ‘एमओयू’ गोरखाको सामाजिक, आर्थिक र पूर्वाधार निर्माणमा सहयोग मिल्ने

बेलायतको रश्मोर बरो काउन्सील र गोरखा नगरपालिका बिच शुक्रवार एमओयूमा हस्ताक्षर भएको छ । बेलायत स्थित रश्मोर बरो नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त र रश्मोरका मेयर सेल स्वई कार्टरले हस्ताक्षर गरेका हुन ।
‘यहाँको काउन्सील र गोरखा नगरपालिका बिच एउटा सुमधुर संम्बन्ध मात्रै स्थापित भएको छैन, यसले हाम्रो नगरक्षेत्रको सामाजिक, आर्थिक र भौतिक बिकासमा पनि मद्धत पुग्नेछ’ सम्झौतापछि नगरप्रमुख पन्तले दरौँदी सँग भने । त्यहाँको काउन्सिलबाट पदाधिकारी गोरखा आउने, गोरखाका त्यहाँ जाने र एकले अर्काले गरेका राम्रा कामको अनुसरण सँगै सहयोग गर्ने समझदारी भएको छ । एक अर्का बिच सुमधुर संम्बन्ध राख्ने खालका योजनाअघि बढाउने सम्झौताले गोरखा नगरपालिकाले धेरै फाईदा लिने अपेक्षा गरिएको छ । रश्मोर बरो काउन्सील गोरखाको तुलनामा धेरै बिकसित भएकाले त्यहाँको सिकाई र सहयोगले नगरपालिकाको बिकासमा मद्धत पुग्ने नगरप्रमुख पन्तले बताए ।
ग्रेटर रश्मोर नेपालीको पहल र बेलायत स्थित नेपाली दुताबासको समन्वयमा दुई देशको नगरबिच संम्बन्ध जोडिएको हो । दिर्घकालिन रुपमा संम्बन्ध स्थापित गर्ने विषयमा हस्ताक्षरपछि प्रमुखहरुले प्रतिवद्धता जनाएका कार्यक्रममा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बताए । गोरखा नगरपालिकाको तर्फबाट उक्त कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ सहित तीन जना सहभागि छन् । बेलायत पुगेका बेला त्यहाँ रहेका नेपालीहरुको बिभिन्न संघ संस्था र बेलायतका सहयोगी संस्थाहरुसँग भेटघाट, अन्तक्रिया कार्यक्रम समेत तय गरिएको छ । उक्त कार्यक्रममा गोरखा नगरपालिका भित्रको पर्यटकिय गन्तब्य, नगरको अवस्थाबारे जानकारी गराउने, भ्रमण वर्ष २०२०का लागि नेपाल र गोरखा घुम्न निम्तो दिने गरिएको पत्रकार महासंघका अध्यक्ष थापाले बताए । बेलायत स्थित नेपाली दुताबासमा पनि त्यहाँका प्रमुख, जनप्रतिनिधि सहित कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्