| शुक्रबार, चैत्र १६, २०८०

गोरखामा आज दिनभरी झरी र हिमपातको संभावना, शनिवारदेखि मौसममा सुधार

अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । गोरखामा पनि दिनभर वर्षातको संभावना रहेको छ भने उत्तरी गोरखामा हिजोदेखि नै हिउँ परिरहेको छ । वर्षात सँगै हिउँ परेपछि अत्याधिक चिसो महशुस गरिएको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।  शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले  बताए ।

प्रतिक्रिया दिनुहोस्