| बिहिबार, साउन २९, २०७७

मृत्यु

मदिराले मातेर एकआपसमा कुटपिट गर्दा एकजनाको ज्यान गयो

दरौँदीः गोरखा नगरपालिका ८ थालकडाँडामा एकआपसमा कुटपिट गर्दा एक वृद्धको ज्यान गएको छ । गोरखा नगरपालिका ८ थाकलडाँडाका ५९ वर्षिया गोपाल उपरकोटीको ज्यान गएको हो ।

गोरखा नगरपालिका ६ का ५० वर्षिय रामबहादुर सिर्मलले उपरकोटीलाई कुटपिट गरेको र बेहोस भएर ढलेका उपरकोटीको होस नखुलेपछि उपचारका लागि गोरखा अस्पताल ल्याउँदै र्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुबै जना मदिरा सेवन गरेर बसिरहेको र एक आपसमा भनाभन हुँदा कुटपिट भएको थियो । सिर्मल अहिले प्रहरी नियन्त्रणमा रहेको र घटनबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पतामा राखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्