| शनिबार, बैशाख ८, २०८१

गोरखाका पास्टरले यसरी लुटे बिरामी महिलाको इज्जत, परमेश्वरको नाम लिएर यस्तोसम्म गरे

काठमाडौँ । ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डला चर्चका पास्टर विश्वास जोशी भनिने गोरखा नगरपालिका वडा नम्बर ६ छहरेका ध्रुवबाबु जोशी पक्राउ परेका छन्।
बाथसम्बन्धी रोग भएकी महिलालाई उपचारको बहानामा बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पास्टर जोशीले महिलाको शरीरका खुटटाहरु समेत काप्ने थाहा पाएपछि आफूसँग शारीरिक सम्बन्ध राखे सबै रोग निको हुने भन्दै अनेक प्रलोभन देखाएर बलात्कार गरेका थिए ।
डीएसपी तामाङका अनुसार उनले ‘तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउनको लागि म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ’ भन्दै बलात्कार गरेका थिए ।
उनले शारीरिक सम्बन्ध गरे महिलाको सबै पाप नस्ट हुने भन्दै
पहिलो पटक तीन महिनाअघि चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई बलात्कार गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ ।
बलात्कार पछि उनले शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा जे पनि हुन सक्ने भन्दै धम्की समेत दिएका थिए । यस्तै धम्की दिँदै उनले तीन पटकसम्म बलात्कार गरेको पीडित महिलाले बताएकी छिन् ।
उनलाई सोमबार साँझ चर्चबाटै पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्