| आइतवार, असार २८, २०७७

फेरी गयो गोरखा पराकम्प

माघ २ गते भुकम्प सुरक्षा दिबस मनाईने

भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा माघ २ गते २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबसको दिन बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको संयोजकत्वमा मुल मारोह समिति गठन गरी जिल्ला आयोजना कर्यन्वयन ईकाई (भबन)को अगुवाईमा उक्त दिबस मनाउने निर्णय भएको हो ।

सोमवार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको सर्वपक्षिय बैठकले गोरखा सदरमुकामको ठुलो आगन देखि जिल्ला समन्वय समितिको सभाहल सम्म प्रभातफेरी गर्ने निर्णय गरेको छ । प्रभातफेरीपछि भुकम्पपछि जिल्लाको अवस्थाको बारेमा जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनले जानकारी गराउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । साथै उक्त कार्यक्रममा जिल्लाबासी सबैलाई सहभागी हुन उनले अनुरोध समेत गरे ।

भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखा भएकाले यहाँका मानिसलाई भुकम्पबाट सुरक्षित हुने उपाएको बारेमा जान्न आवस्यक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी लामिछानेले सबै गोरखाबासीलाई जानकारी लिएर सचेत रहन अनुरोध गरे । भुकम्प एउटा बिपत्ती भएकाले कतिबेला कसरी आउँछ भन्ने कसैलाई पनि थाहा नहुने हुँदा सुरक्षित उपाए अपनाउन र सावधानी रहनु बेस हुने उनले बताए । कार्यक्रममा सरकारी कार्यालय, गैरसरकारी संस्था महासंघ, पत्रकार महासघं लगायतले सघाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्