| आइतवार, असार २८, २०७७

गोनपा ७ मा समाजवादी पाटीको वडा कमिटी गठन

समाजवादी पार्टी नेपाल गोरखा नगरपालिका वडा नम्बर ७ को वडा कमिटी गठन भएको छ । सोमबार समाजवादी पार्टीका जेष्ठ सदस्य विष्णु हरी ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

सोमबार गठन गरिएको वडा कमिटीको अध्यक्षतामा कवि खनाल, उपाध्यक्षमा बिष्णु हरि ज्ञवाली, सचिव केशव बस्नेत, कोषध्यक्ष तुलसा मरहट्ठा चयन भएका छन् । त्यस्तै सदस्यहरु सिताराम नेपाली, कमल बहादुर थापा, बसन्ती कोइराला, सुरेस शाही, प्रलाद मान बस्नेत, कान्छी माया घले, बिष्णु श्रेष्ठ चयन भएका छन् ।

ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य रोहिणी प्रसाद पाण्डे, जिल्ला अध्यक्ष नारायण खत्री, जिल्ला उपाध्यक्ष सुकदेव तामाङ, जिल्ला सचिव विपिन चन्द्र ढकाल लगायतको उपस्थििती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्