| शुक्रबार, साउन ३०, २०७७

राष्ट्रिय माविको महायज्ञबाट रु. १९ लाख बचत

दरौंदी : गोरखा नगरपालिका ३ मा श्री राष्ट्रिय मावि घलाङले गरेको महायज्ञबाट १९ लाख ६० हजार रुपैँया आम्दानी भएको छ । गत कर्तिक १ गतेदेखि ९ गतेसम्म भएको महायज्ञबाट उक्त रकम आम्दानी भएको राष्ट्रिय मावि घलाङका शिक्षक अभिभावक संघका अध्यक्ष श्रेत्र बहादुर दानीले जानकारी दिए ।

आइतबार एक कार्यक्रम गरी महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष हरिराम थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । समितिका अनुसार महायज्ञबाट कुल ४७ लाख ७२ हजार दुई सय १३ रुपैँया संकलन भएको थियो । जसमध्य २८ लाख ११ हजार पाँच सय ३४ रुपैँया खर्च भएको थियो ।

आइतबार महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम बोगटी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मदन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्