| शनिबार, कार्तिक २, २०७६

माई छिम्केश्वरीले एटिएम सेवा दिने

आँबुखैरेनीको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले एटिम कार्ड र ई–बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ । पहिलो वार्षिकोत्सव अवसरमा सहकारीले एटिएम कार्ड सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । सहकारीका सचिव प्रेम श्रेष्ठका अनुसार प्रभु म्यानेटमेन्ट सँगको सहकार्यमा एटिम कार्ड, ई–बैकिङ, एसएमएस बैकिङ लगायतका सेवा सञ्चालनमा ल्याईनेछ । असोज एकगते देखि सुविधायुक्त स्मार्ट कारोबार सुरु गर्ने उनले बताए ।
माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था आबुँखैरेनी गाउँपालिकामा दर्ता भएको पहिलो सहकारी संस्था हो । सहकारी ऐन २०७४ अनुसार गत बर्ष भदौ २९ गते माई छिम्केश्वरीको स्थापना भएको संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठले जानकारी दिए । सञ्चालनको नौ महिने अवधिमा सहकारीले करिब तीन करोड निक्षेप संकलन गरि करिब पौने ३ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्