| बिहिबार, बैशाख ६, २०८१

अहिले अयोध्या र राम मन्दिर होईन, अस्पताल बनाउने बेला हो ः पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले कोरोना संक्रमितको उपचार गर्न अस्पताल, आइशोलेसन, ब्यवस्थित क्वारेन्टिन बनाउनुपर्ने बेला प्रधानमन्त्री भने अयोध्या बनाउने, राम मन्दिर निर्माण गर्ने तर्फ लागेको भन्दै चर्को आलोचना गरे ।

आज गृह जिल्ला गोरखा आएका उनले पत्रकार भेटघाटका क्रममा भने ‘सरकारको प्राथमिकता कोरोनाबाट जनता बचाउनमा हुनुपर्नेमा पार्टी भित्रको झगडामा केन्द्रित छ ।’ सरकार उल्टो दिशातिर गईरहेकाले यसबाट देश र जनता धरापमा पर्ने उनले बताए ।

कोरोनाको परीक्षण ठुलो संख्यामा गर्नुपर्ने तर त्यस्तो हुन नसकेको उनले बताए । अहिले जनताले आफ्नो सुरक्षामा आफै गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने ‘सरकारको भर परेर बस्यौँ भने कोभिडबाट बच्न सकिँदैन ।’

राज्य सत्ता साधन स्रोत हुँदा पनि नागरिकको स्वास्थ्य प्रति सरकार उत्तरदायि नभएको आरोप उनको थियो । केपी वली र प्रचण्डको बर्ता कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । कोभिड १९ को संक्रमण बढिरहेका बेला सरकार भने पार्टी भित्रको झगडामा केन्द्रित भएको आरोप उनले लगाए ।

‘यस्तो महामारीको बेला उहाँहरु आफ्नै पार्टीको भित्रको झगडाका निम्ती महिनौँ बैठक गर्नुहुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्