| शनिबार, बैशाख ८, २०८१

गोरखामा कोरोना संक्रमित थपिए

बुधवार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका ९ लक्ष्मीबजारका २२ वर्र्षिय पुरुषमा कोरोना पुष्टि भएसँगै ३७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

उनीहरुको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । एक महिलालाई कोरोना देखिएपछि लक्ष्मी बजार क्षेत्रमा गरीएको परीक्षणमा संक्रमित हुनेको संख्या छ पुगेको छ भने जिल्लाभर अहिले सम्म कोरोना संक्रमित ११८ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्